पूर्व दूरसञ्चार प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
kalakarmi.com · Fri Jul 31 07:26:11 GMT 2026

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शुक्रवार ललितपुरको धापाखेल क्षेत्रबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार स्मार्ट टेलिकमको सम्पत्ति सरकारको स्वामित्वमा आउनुपर्ने अवस्थामा बेइमानीपूर्वक सरकारी हक टुटाउने गरी भूमिका खेलेको आरोपमा भण्डारीमाथि अनुसन्धान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)