सीमाबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य
bishowkhabar.com · Fri Jul 31 07:48:48 GMT 2026

सर्लाही– सर्लाही जिल्ला सुरक्षा समितिले सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै यात्रुले आधिकारिक परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै परिचय यकिन गरेपछि मात्रै नेपाल प्रवेश अनुमति दिने व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार छिमेकी मुलुकबाट आउने सबै यात्रुले परिचय खुल्ने वैध परिचयपत्र देखाउनुपर्नेछ। पूर्वी नेपालका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थापछि सर्लाहीमा सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)