सेनाभित्रको भ्रष्टाचार लडाइँलाई तीव्र बनाउन चिनियाँ राष्ट्रपतिको आग्रह
barnanmedia.com · Fri Jul 31 08:03:35 GMT 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन्पिङले सत्तारूढ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई सेनाभित्रको भ्रष्टाचारविरुद्धको लडाइँलाई तीव्र बनाउन र राष्ट्रिय रक्षाको आधुनिकीकरणलाई अघि बढाउन आग्रह गरेका छन्। सरकारी समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार यसबारे जानकारी दिएको छ।
चीनको शीर्ष निर्णय गर्ने निकाय पोलिटब्युरोको सामूहिक बैठकमा राष्ट्रपति सिले भने, ‘बन्दुकको नालले सधैं पार्टीको आदेश पालना गर्नुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)