सुनसरी घटनाको विरोधमा एकता दलका अध्यक्ष यादव बिहीबारदेखि आमरण अनशनमा
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव बिहीबारदेखि काठमाडौँमा आमरण अनशनमा बसेका छन्। यसअघि सरकारलाई दिइएको २४ घण्टे अल्टिमेटमभित्र कुनै ठोस पहल नभएको भन्दै यादवले आमरण अनशन शुरू गरेको राष्ट्रिय एकता दलले जनाएको छ।
काठमाडौँमा आयोजित अनशन कार्यक्रममा दलका नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको छ। अनशनस्थलमा सुनसरी घटनामा ज्यान गुमाएका युवाहरूको तस्बिर राखिएको छ भने घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग गरिएको छ । सहभागीहरूले सरकारले घटनालाई सामान्य रूपमा लिन खोजेको आरोप लगाउँदै दोषीमाथि कडा कानूनी कारबाहीको माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)