त्रिवि कार्यकारी परिषद्ले पायो पूर्णता
baahrakhari.com · Fri Jul 31 08:09:52 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाएको छ । कार्यकारी परिषद्मा चारजनालाई नियुक्ति दिइएसँगै परिषद्ले पूर्णता पाएको हो ।
कार्यकारी परिषद् सदस्यमा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहनराज शर्मा, वनस्पति केन्द्रीय विभागका प्रमुख प्रा.डा. विजया पन्त, भूगोल केन्द्रीय विभागका प्रा. डा. कन्हैया सापकोटा र कानुन संकायका डिन प्रा.डा.डीएन पराजुली नियुक्त भएको त्रिविका प्रवक्ता नवीन्द्रप्रसाद भण्डारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)