अनशनरत नर्स रानाभाट भन्छिन् : ‘अनशन भाँड्ने नियतले ढिलो गरी वार्तामा बोलाइयो, निश्चित योजनासहित आए वार्तामा बस्छु’
swasthyakhabar.com · Fri Jul 31 08:26:45 GMT 2026

काठमाडौं- नर्सिङ अभियन्ता ज्योति रानाभाटले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफूलाई अनशन भाँड्ने उद्देश्यले ढिलो गरी वार्ताका लागि बोलाएको आरोप लगाएकी छन्। आफ्ना माग सम्बोधन गर्न निश्चित योजनासहित मन्त्रालय प्रस्तुत भए आफू वार्तामा बस्न तयार रहेको उनले स्पष्ट पारेकी छन्।