‘प्रधानमन्त्रीले सम्बोधन त गर्नुभयो, जनतासँग संवाद पनि गर्नुपर्छ’
ratopati.com · Fri Jul 31 08:52:38 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले जारी द्वन्द्व समाधान गर्न प्रधानमन्त्री बालेन्द्र शाहले जनतासँग संवाद गर्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै नेता सिटौलाले प्रधानमन्त्रीले सम्बोधन गरे पनि जनतासँग संवाद नगरेको बताए ।
‘प्रधानमन्त्रीजीले सम्बोधन त गर्नुभयो तर, संवाद गर्नुभएको छैन’, सिटौलाले भने– ‘जनतासँग संवाद गर्ने थलो यहाँ (संसद्) हो । जनताका प्रश्न यहाँ उठ्छन् यहाँबाट जनताका प्रश्नको जवाफ दिनुस् ।’ नेता सिटौलाले प्रतिनिधिसभा र राष्ट्रियसभामा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै नत्र आगामी दिनमा पनि समस्या हुनसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)