कर्फ्यु जारी भएपछि जनकपुरधाम र राजविराज सुनसान, मधेसका जिल्लाहरू शान्त बन्दै
ratopati.com · Fri Jul 31 08:58:52 GMT 2026

जनकपुरधाम । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शन भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ। कर्फ्युपछि मधेसका केही जिल्लाहरू शान्त देखिएका छन्।
कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन भएपछि जनकपुरधाम क्षेत्र र सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार पनि कर्फ्यु आदेश जारी छ। कर्फ्यु लागेपछि बजार, पसल बन्द छन् भने सडकहरू सुनसान देखिएका छन्। सुरक्षालाई मध्यनजर गर्दै ती स्थानमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)