रियल मड्रिडको सानदार जित, मालागा ४–० ले पराजित
ratopati.com · Sun Aug 30 17:08:58 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले मालागामाथि ४–० गोलको सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा मड्रिडले पहिलो हाफमै तीन गोल गर्दै खेल आफ्नो नियन्त्रणमा लिएको थियो ।
मड्रिडका लागि खेलको १९औँ मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसको सात मिनेटपछि अर्थात् २६औँ मिनेटमा मालागाका अल्फोन्सो हेरेरोले आत्मघाती गोल गरेपछि मड्रिडको अग्रता दोब्बर भयो । खेलको ३०औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)