रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी
ajakoartha.com · Fri Jul 31 09:06:00 GMT 2026

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्ले लाई रु. ५०लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
बीमित हरि प्रसाद काफ्लेले वि.सं. २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत रु. ५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)