रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु. ५० लाख दाबी भुक्तानी
arthasansar.com · Fri Jul 31 09:45:21 GMT 2026

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई रु. ५० लाख दाबी भुक्तानी गरेको छ ।बीमित हरि प्रसाद काफ्लेले विसं २०७६ सालमा कम्पनीको काठमाण्डौ शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको रु.१ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए ।
केही समयअघि बीमित हरि प्रसाद काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो । उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले सोही सुविधाअनुसार रु. ५० लाख दाबी रकम भुक्तानी गरेको हो । उक्त दाबी भुक्तानीसँगै निजले रु. ५० लाख बराबरको बीमा शुल्क छुट सुविधा समेत प्राप्त गर्नु भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले छिटो, पारदर्शी तथा विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)