सुनसरी-सिराहा हिंसामा निष्पक्ष छानबिनको माग
nepalnews.com · Fri Jul 31 09:57:17 GMT 2026

काठमाडौँ। सुनसरी, सिराहालगायत जिल्लामा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति ‘जवाफदेहिता निगरानी समिति’ (एडब्ल्यूसी) ले गम्भीर चिन्ता व्यक्त गरेको छ। समितिले दिगो र मानवअधिकारमैत्री समाधानका उपाय अवलम्बन गर्न पनि सरकारसँग माग गरेको छ।
समितिद्वारा शुक्रबार जारी वक्तव्यमा हिंसा भड्काउने तथा नियन्त्रणका नाममा अत्यधिक बल प्रयोगबाट नागरिकको ज्यान-धनमा क्षति पुगेको भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरिएको छ। वक्तव्यमा यस्ता घटनाले सामाजिक सद्भाव, सार्वजनिक सुरक्षा र विधिको शासनमाथि प्रश्न उठाएको उल्लेख गर्दै कुनै पनि बहानामा हिंसा, साम्प्रदायिक द्वेष र कानुन हातमा लिने कार्य अस्वीकार्य हुने स्पष्ट पारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)