तार व्यवस्थापन गर्न आइस्पानले माग्यो थप १५ दिनको समय, मन्त्रालयले भन्यो– ‘यो अन्तिम पटक हो’
shilapatra.com · Fri Jul 31 09:53:36 GMT 2026

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले तार व्यवस्थापनका लागि अन्तिम पटक थप १५ दिनको समय मागेको छ । काठमाडौं उपत्यकामा वर्षौंदेखि पोलमा गुजुल्टिएर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापन गर्न सरकारले दबाब दिएको थियो । तर, तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न नसकेपछि आइस्पानले थप समय मागेको हो ।
शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयमा बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको जानकारी दिएको छ । बैठकमा सूचना तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, आइस्पान तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)