लगातार चार दिनको गिरावटपछि शेयर बजारमा सुधार, कारोबार ३ अर्ब ७५ करोड नाघ्यो
kendrabindu.com · Fri Jul 31 10:07:02 GMT 2026

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले उकालो लागेको छ। लगातार चार दिनको गिरावटपछि बजारमा सुधार देखिँदा नेप्से १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा पुगेको हो।
बजारसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा शुक्रबार यो रकम बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। यस दिन ३३७ वटा कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर कारोबार भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)