राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिमा दुई सदस्य मनोनीत
ratopati.com · Fri Jul 31 10:13:33 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा दुई जना नयाँ सदस्य मनोनीत गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले समितिका सदस्यहरूको नाम मनोनयन गरेका हुन्।
मनोनीत हुने सदस्यहरूमा नेपाली कम्युनिस्ट पार्टीकी रेनु चन्द र नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय छन्। अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली बमोजिम उनीहरूलाई कार्यव्यवस्था परामर्श समितिमा सदस्यको रूपमा मनोनीत गरेको जानकारी सभालाई दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)