सामाजिक सद्भाव र एकताका लागि संवाद गर्ने नेपाली कांग्रेसको निर्णय
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकता कायम राख्न सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग संवाद गर्ने निर्णय गरेको छ।
सुनसरीको कप्तानगञ्जको घटना र त्यसपछि तराईका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण परिस्थितिका सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडातहसम्म नै सो पहल गर्ने निर्णय गरेको हो। बैठकले सुनसरीलगायत पछिल्ला दुःखद् घटनामा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते भएका सम्पूर्ण नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)