राष्ट्रियसभाको बैठक साउन १८ गते बस्ने
ratopati.com · Fri Jul 31 10:16:22 GMT 2026

काठमाडौँ । राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक साउन १८ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन्
शुक्रबारको बैठकमा पूर्वउपप्रधनमन्त्री तथा सांसद गोपालमान श्रेष्ठको निधनमा सभाले शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सभामा सदस्यहरूले सोधेका प्रश्नको उत्तर दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)