गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारितपछि राष्ट्रियसभा बैठक स्थगित
baahrakhari.com · Fri Jul 31 10:18:34 GMT 2026

काठमाडौं । पूर्वसांसद तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित भएको छ । अध्यक्ष नारायणप्रसाद दाहालले राखेको शोक प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको हो ।
उपप्रधान तथा शिक्षामन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठ पटकपटक सांसद निर्वाचित भएका थिए । उनको क्यान्सरका कारण गत मंगलबार उपचारका क्रममा निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)