शेख हसिनाको घोषणा – यसै वर्ष बंगलादेश फर्किन्छु
barnanmedia.com · Mon Jun 29 03:45:09 GMT 2026

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सुनाइए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । उनी करिब दुई वर्षदेखि भारतमा बस्दै आएकी छन् ।
मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएकी तथा बंगलादेश सरकारले ‘फरार’ घोषित गरेकी ७८ वर्षीया हसिना सन् २०२४ को अगस्टको आन्दोलनपछि बंगलादेश छाडेर भारत पुगेकी थिइन् । त्यतिबेला विद्यार्थी नेतृत्वको जनआन्दोलनले उनको १५ वर्ष लामो शासनको अन्त्य गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)