खल्तीबाट डिम्याट र मेरोसेयर नवीकरण गर्दा पूरा शुल्क फिर्ता पाउने अवसर
news24nepal.tv · Fri Jul 31 10:23:31 GMT 2026

काठमाडौँ । आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोसेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सार्वजनिक गरेको छ। सेयर बजारका लगानीकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको यो योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ। यस योजनाअन्तर्गत खल्ती डिजिटल वालेटमार्फत डिम्याट तथा मेरोसेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले आफूले तिरेको पूरै शुल्क बराबरको शतप्रतिशत रकम फिर्ता पाउनेछन्।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आगामी साउन १५ गतेभित्र डिम्याट खाताको वार्षिक नवीकरण शुल्क बुझाउन सार्वजनिक अनुरोध गरिसकेको छ। तोकिएको समयभित्र शुल्क भुक्तानी नगरेमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्नेछ। डिम्याट खाता निष्क्रिय भएमा सेयर खरिद-बिक्री लगायतका सम्पूर्ण पूँजीबजार सम्बन्धी कारोबारहरू प्रभावित हुने भएकाले समयमै नवीकरण गर्नु अति आवश्यक मानिन्छ। हाल डिम्याट खाताका लागि वार्षिक एक सय रुपैयाँ र मेरोसेयरका लागि वार्षिक ५० रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)