सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवाहरूको संयुक्त अपिल
nepalnews.com · Fri Jul 31 10:32:05 GMT 2026

काठमाडौ । सुनसरीलगायत तराई–मधेशका केही जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै हिन्दु र मुस्लिम समुदायका धार्मिक अगुवाले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेका छन् ।
अपिलमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकताको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिएको छ । कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुग्न नहुनेमा जोड दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)