विदेशीलाई नागरिकता बाँडिएको भन्दै जय मातृभूमि पार्टीको छानबिन माग
kalakarmi.com · Fri Jul 31 10:10:16 GMT 2026

काठमाडौं- जय मातृभूमि पार्टीले १ करोड बढी विदेशी नागरिकलाई नेपाली नागरिकता दिँदाको परिणाम विगतका मधेश आन्दोलन र आजको धार्मिक द्वन्द्व सिर्जना भएको जिकिर गरेको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान बालेन सरकार र पुराना दलमा कुनै भिन्नता नरहेको आरोपसमेत लगाएको छ ।
पार्टीका अध्यक्ष रामशरण पाण्डेले समसामयिक राजनीतिक विषयमा बौल्दै देश इतिहसकै सबैभन्दा संवेदनशील अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे । पाण्डेले दुई तिहाइको बालेन सरकारले देशमा राजनीतिक स्थायीत्व ल्याउन नसक्नुमा जनमतको अबहेलना भएको बताउँदै भने,’भ्रष्टाचार र वेथितिको अन्त्य गर्ने एजेण्डाका साथ आएको सरकार पनि पुरानै बाटो तताउँदा जनता निराश बनेका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)