मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त
barnanmedia.com · Fri Jul 31 10:17:18 GMT 2026

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सुनसरी, सिराहालगायत मधेस प्रदेश तथा देशका विभिन्न स्थानहरूमा विगत केही दिनयता मानवीय तथा धनजनको क्षति हुनेगरी भएका घटनाप्रति मुख्यमन्त्री शाहीले आज गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
कर्णाली र मधेस प्रदेशबीच सामाजिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले धेरै साझा विशेषता र आत्मीय सम्बन्ध रहेकाले मधेसले भोगिरहेको यस दुःखको घडीमा कर्णाली प्रदेश सरकार तथा कर्णालीवासीहरू पनि उत्तिकै मर्माहत भएको उहाँले बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)