बीपी प्रतिष्ठानका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाण बुझाएको आरोप
arthadabali.com · Fri Jul 31 10:35:41 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर लिएको आरोपमा राकेशकुमार दास विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्जिनियर (कम्प्युटर) पदमा कार्यरत दासले नियुक्ति लिँदा भारतको Bihar School Examination Board, Patna बाट जारी भएको Intermediate तहको र Sri Venkateshwara University, Tirupati बाट जारी भएको Bachelor of Engineering (Computer Science) तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको अनुसन्धानबाट पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)