संयमता, सद्भाव र एकताको पक्षमा उभिन राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह
annapurnapost.com · Fri Jul 31 10:31:08 GMT 2026

काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले सुनसरीलगायतका स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका हुन् । उनले कुनै पनि प्रकारका हिंसा, घृणा, साम्प्रदायिक विभेद वा सामाजिक विभाजनका प्रयास अस्वीकार्य छन् भन्ने राष्ट्रिय सभाको सर्वसम्मत धारणा रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)