सीमा क्षेत्रमा निगरानीदेखि मदिरा पसल बन्द गराउन सांसदहरुको सुझाव
nagariknews.nagariknetwork.com · Fri Jul 31 10:38:57 GMT 2026

तराई–मधेसका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएका छलफलमा उनीहरूले थप हिंसा फैलिन नदिन सरोकारवालासँगको संवादलाई निरन्तरता दिने, सामाजिक सञ्जालमा अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, हिंसा बढाउनेहरूमाथि सुक्ष्म निगरानी गर्नेमा आफूहरूको भूमिका रहने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)