रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधाअन्तर्गत ५० लाख दाबी भुक्तानी
annapurnapost.com · Fri Jul 31 10:39:16 GMT 2026

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।
बीमित काफ्लेले २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको रु. १ करोड बीमांक भएको जीवन बीमा गरेका थिए। उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत रु. ५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)