राजधानीका यी स्थानमा आज एक घण्टा लोडसेडिङ
ratopati.com · Fri Jul 31 10:47:00 GMT 2026

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा एक घण्टा लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै राजधानीका स्युचाटार, पाटन, टेकु र के–३ मा अपराह्न ४ : ३० बजेदेखि ५ : ३० बजेसम्म लोडसेडिङ हुने जानकारी दिएको हो ।
प्राधिकरणले स्युचाटार–मातातिर्थ १३२ केभी लाइन बसमा तार चुडिएर आकस्मिक समस्या आएकोले मर्मत कार्यका लागि लोडसेडिङ गर्नुपरेको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)