राहदानी ठेक्का प्रकरण : सिद्धार्थ थापा साधारण तारेखमा रिहा
ratopati.com · Fri Jul 31 11:00:09 GMT 2026

काठमाडौँ । राहदानी ठेक्का प्रकरणमा मुछिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो । अदालतमा उपस्थित हुने निवेदन दिएर थापा आजै विशेष अदालतमा हाजिर भएका थिए ।
राहदानी खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले २०८३ असार ३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)