बँदेल मार्न जाँदा आफैले बोकेको बन्दुक पड्किएर घाइते
annapurnapost.com · Fri Jul 31 11:11:26 GMT 2026

काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँका ४६ वर्षीय थामी तामाङ भरुवा बन्दुक अचानक पड्किँदा गम्भीर घाइते भएका छन्। तामाङ आफ्नो घरदेखि करिब दुई किलोमिटर पश्चिमतर्फ रहेको खेतमा जंगली जनावर बँदेलले मकैबाली नष्ट गरेको भन्दै मार्न भरुवा बन्दुक बोकी गएका थिए।
सोही क्रममा बन्दुक अचानक पड्किँदा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घटनापछि उनलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल लगिएको छ। उनको दाहिने कोखा र पिठ्युँमा चोट लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)