मन्त्री चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि अकुङ्गाको भेट
barnanmedia.com · Fri Jul 31 11:09:49 GMT 2026

कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि एलिस अकुङ्गाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको विश्वासिलो विकास साझेदारका रूपमा युनिसेफले देशभरका बालबालिका र महिलाको जीवनस्तर सुधार गर्न गरिरहेको योगदानका बारेमा चर्चा भएको थियो ।
मन्त्री चौधरीले नेपालसँगको दीर्घकालीन साझेदारी र विभिन्न आवधिक राष्ट्रव्यापी कार्यक्रममार्फत युनिसेफले पुर्याएको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्नुभयो । उहाँले युनिसेफको राष्ट्रव्यापी कार्यक्रम कार्ययोजनाका प्राथमिकता र सञ्चालित कार्यक्रम नेपालका विकास प्राथमिकतासँग मिल्ने देखिएका उल्लेख गर्दै सो योजनाका लागि धन्यवाद दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)