ईश्वरी हत्या प्रकरणमा थप तीनजना पक्राउ
baahrakhari.com · Sun Jun 07 18:13:44 GMT 2026

काठमाडौं । प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीनजनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–६, पैँयुटारका कुमार थापाले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए ।
प्रहरीले तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय विक्रम थापामगर, काठमाडौं महानगरपालिका–१६, बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ की २५ वर्षीया प्रतीक्षा आचार्यलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)