वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न सर्वदलीय र्याली सम्पन्न
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
वीरगञ्ज । वीरगञ्जमा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सर्वदलीय तथा सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साबाट निस्केको सो र्याली घण्टाघर पुगेर सम्पन्न भएको थियो।
सुनसरीको कप्तानगन्ज घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनावपूर्ण परिस्थितिका बीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न यो र्याली निकालिएको पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)