विकासपछि नफर्किएको वन
nepalnews.com · Fri Jul 31 11:48:40 GMT 2026

पोखरा । गण्डकी प्रदेशमा जलविद्युत् आयोजना, प्रसारण लाइन र विमानस्थललगायत पूर्वाधार निर्माणका लागि एक लाख सात हजार ५७७ वटा रुख काटिएका छन्। कानुनले काटिएका रुखको सट्टा वृक्षरोपण गर्न वा त्यसबापतको रकम वन विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ।
विभिन्न आयोजनाले सट्टाभर्नाबापत एक अर्ब पाँच करोड ४३ लाख ४९२ रुपैयाँ ९१ पैसा कोषमा जम्मा गरेका छन्। तर, उक्त रकमबाट गण्डकी प्रदेशमा अहिलेसम्म एउटा पनि सट्टाभर्ना वृक्षरोपण कार्यक्रम सञ्चालन भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)