एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको प्रतिनिधित्व
annapurnapost.com · Fri Jul 31 11:49:52 GMT 2026
विराटनगर : मंगोलियामा हुने ११ औँ एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने भएको छ। प्रतियोगितामा सहभागी हुन नेपालबाट तीन सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ।
साउन १८ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले खेल तथा प्राविधिक दुवै पक्षमा सहभागिता जनाउने भएको हो। प्रतियोगितामा सहभागी हुने टोलीलाई विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले बिदाइ गर्दै सफलताको शुभकामना दिएका छन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै पदकसहित नेपाली टोली स्वदेश फर्किने विश्वास व्यक्त गरे। यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताले प्रदेश र देशकै खेलकुद क्षेत्रलाई थप ऊर्जा मिल्ने घोषको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)