राष्ट्रपतिले प्रथम राष्ट्रपति र प्रथम उपराष्ट्रपतिसँग गरे छलफल
setopati.com · Fri Jul 31 11:57:00 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जलगायत तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा प्रथम राष्ट्रपति रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।
राष्ट्रपति भवन शीतलमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेको प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)