दाङबाट एक वर्षमा ६७९ फरार अभियुक्त पक्राउ
ratopati.com · Fri Jul 31 12:12:50 GMT 2026

दाङ । आर्थिक वर्ष २०८२/८३ मा दाङबाट ६५० बढी फरार अभियुक्त पक्राउ परेका छन् । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधिमा ६७९ जना फरार अभियुक्त पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार विभिन्न प्रकृतिको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका अभियुक्तलाई पक्राउ गरिएको हो । पक्राउ परेका ६७९ जनालाई २४६ वर्ष तीन महिना २४ दिन कैद सजाय र रु एक करोड ३८ लाख ४२ हजार २९७ जरिवाना तोकिएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)