‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यले इन्फा अवार्डको थालनी गरेका हौँ’: उमेशराज मोक्तान, अध्यक्ष, इन्फा इभेन्ट्स, यूके
kalakarmi.com · Fri Jul 31 12:26:09 GMT 2026

काठमाडौं– उमेशराज मोक्तान बेलायतमा बसोबास गर्दै आएका नेपाली समुदायका सक्रिय समाजसेवी, आयोजक तथा नेपाली फिल्म क्षेत्रका प्रवर्द्धक हुन् । नेपालमा सरकारी वकिलका रूपमा सेवा गरेका मोक्तान सन् १९९६ को सेप्टेम्बरमा बेलायत पुगेका हुन् । त्यहाँ पुगेपछि उनले विभिन्न सामाजिक, सांस्कृतिक तथा व्यावसायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी संसारकै पुरानो नेपाली सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेका दुई कार्यकाल अध्यक्ष रहिसकेका छन् । त्यस्तै, एनआरएनए यूकेका सदस्य तथा दुई कार्यकाल सल्लाहकार, धरान समाज यूकेका संस्थापक एवं अध्यक्ष, कोकोमेन्दो तामाङ समाज यूकेका संस्थापक तथा अध्यक्षका रूपमा पनि उनले काम गरेका छन् । सन् १९९८ देखि नेपाली कलाकार संघ यूकेसँग आबद्ध मोक्तानले तीन वर्ष महासचिव र करिब ११ वर्ष अध्यक्षको जिम्मेवारी सम्हाले । बेलायतको लेबर पार्टीमा पनि करिब एक दशक सक्रिय रहेर काम गरेका उनी कोभिड–१९ महामारीका बेला फ्रन्टलाइनमा रहेर समुदायका लागि सेवा गर्ने ‘कम्युनिटी च्याम्पियन’ का रूपमा परिचित छन् । हाल विभिन्न संस्थामा सल्लाहकारको भूमिका निर्वाह गरिरहेका मोक्तान अहिले भने इन्फा अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अभियानमा केन्द्रित छन् । लण्डनमा पहिलो तथा दोस्रो इन्फा अवार्ड्सको सफल आयोजनापछि यही साउन ३० गते काठमाडौंमा तेस्रो इन्फा अवार्ड्सको आयोजना हुँदैछ । इन्फा इभेन्ट्स यूके लिमिटेड तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) ले आयोजना गर्ने तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा–२०२६) समारोहका लागि आगामी साता बेलायतबाट काठमाडौं आउन लागेका अध्यक्ष मोक्तानसंग कलाकर्मी का प्रधान सम्पादक कृष्ण भट्टराईले इन्फा अवार्ड्समा केन्द्रित रहेर लामो कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंशः
यहाँलाई नेपाली फिल्म क्षेत्रका लागि केही गरौँ भन्ने सोच कसरी आयो ?
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)