रेडक्रसको हरेक ३ कार्यकालमध्ये एकमा महिला अध्यक्ष अनिवार्य
nepalpress.com · Fri Jul 31 12:28:41 GMT 2026

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले आफ्नो नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गर्न ऐतिहासिक कदम चालेको छ । संशोधित विधानमार्फत रेडक्रसले हरेक तीन कार्यकालमध्ये एक कार्यकाल महिला मात्र अध्यक्ष पदका लागि उम्मेदवार हुन पाउने व्यवस्था अनिवार्य गरेको हो ।
विधान कार्यान्वयनमा आएसँगै संघीय समिति (केन्द्र) मा तेस्रो कार्यकालमा महिलाले मात्र अध्यक्षको उम्मेदवार हुन पाउने व्यवस्था सुनिश्चित गरिएको छ । तर, प्रदेश र पालिकाहरूको हकमा भने अब हुने आगामी निर्वाचनबाटै महिलालाई अध्यक्ष बनाउने गरी विधान कार्यान्वयन गर्न लागिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)