तराई–मधेस घटनाको निष्पक्ष छानबिन र दीर्घकालीन समाधान खोज्न राप्रपाको माग
ratopati.com · Fri Jul 31 12:31:17 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तराई–मधेस क्षेत्रमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा दीर्घकालीन समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार काठमाडौँमा बसेको बैठकपछि प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्ति अनुसार विभिन्न घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको रहस्यमय हत्या भएको घटनाको पनि राप्रपाले निन्दा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)