सरकारलाई नेकपाको सुझाव : मधेशको निकास संवादबाट खोजौँ
nepalviews.com · Fri Jul 31 12:30:40 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तराई–मधेशमा विकसित संवेदनशील परिस्थितिलाई राजनीतिक संवादमार्फत समाधान गर्न सरकारलाई आग्रह गर्दै प्रधानमन्त्री र सरकारले परिस्थितिको गम्भीरतालाई आवश्यक राजनीतिक संवेदनशीलताका साथ सम्बोधन गर्न नसकेको जनाएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा शुक्रबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले पारित विशेष प्रस्तावमा सरकारले समस्याको समाधान राजनीतिक रूपमा खोज्नुको सट्टा प्रशासनिक, प्राविधिक र शक्ति प्रयोगतर्फ बढी केन्द्रित भएको भन्दै असन्तुष्टि जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)