राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति ,प्रथम उपराष्ट्रपति झासँग छलफल
canadanepal.com · Fri Jul 31 12:56:27 GMT 2026

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जसहित तराई–मधेसका विभिन्न जिल्लामा विकसित पछिल्लो परिस्थितिबारे प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले पछिल्ला घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सदियौँदेखि कायम रहेको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई जोगाउन सबै पक्षले साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)