सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको परिवारलाई बुझाइयो शव
kendrabindu.com · Fri Jul 31 12:59:19 GMT 2026

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई जना युवाको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । सरकार र पीडित पक्षबीच सहमति भएपछि कानुनी प्रक्रिया पूरा गरी शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको हो ।
गोलीकाण्डमा ज्यान गुमाएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो । बिहीबार राति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)