भैरहवामा नक्कली नोटसहित २ भारतीय पक्राउ
annapurnapost.com · Fri Jul 31 13:10:21 GMT 2026

भैरहवा : रुपन्देही प्रहरीले नक्कली नोटसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्लाको सोहरतगढका २१ वर्षीय अभिषेक कसौधनर र भारतको महाराष्ट्रका २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित भारतीय नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट इन्सपेक्टर मान बहादुर बिसीको कमाण्डमा खटिएको टोलीले भारतीय नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)