नेपाली कर्पोरेट नेतृत्वको व्यावसायिक क्षमता विकास गर्न टेकस्पायर कलेज र फिलिपिन्सको एआईएमबीच सहकार्य
techpana.com · Fri Jul 31 13:15:30 GMT 2026

काठमाडौं । नेपालका कर्पोरेट तथा प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले टेकस्पायर कलेज र फिलिपिन्सस्थित एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (एआईएम) बीच रणनीतिक साझेदारी भएको छ । टेकस्पायर कलेज र एआईएमको ‘स्कुल अफ एक्जिक्युटिभ एजुकेसन एन्ड लाइफलङ लर्निङ’ (एसईईएलएल) बीच हालै एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस सहकार्यले नेपालका कम्पनीको नेतृत्व गरिरहेका व्यक्तिहरू, सिनियर म्यानेजर, मध्य-स्तरका निर्णयकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)