वीरगञ्जमा आज पनि निषेधाज्ञा
newsofnepal.com · Fri Jul 31 13:16:14 GMT 2026

वीरगञ्ज।
जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज साँझ ५ः०० बजेदेखि लागू हुने गरी पूर्वतर्फ प्रतिमा चौक (बसपार्क बाइपास रोड), तिलावे पुल (पश्चिम), गण्डक चौक (उत्तर) र शङ्कराचार्य गेट (दक्षिण) मा भोलि बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)