गोरु र रांगाले खेत जोतेर सिन्धुलीमा परम्परागत रोपाइँ [तस्वीरहरू]
shilapatra.com · Mon Jun 29 04:06:17 GMT 2026

सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर परम्परागत शैलीमा रोपाइँ दिवस मनाइएको छ । गाउँपालिकाको आयोजनामा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाइँ दिवस मनाइएको हो ।
आधुनिक कृषि प्रणालीसँगै ट्र्याक्टरको प्रयोग बढ्दै गएका कारण यति धेरै हलगोरु एकै ठाउँमा प्रयोग गरेर गरिने रोपाइँ अहिले दुर्लभ बन्दै गएको छ । संस्कृति संरक्षण हेतु र परम्पराको निरन्तरताको लागि गाउँपालिकाकै सक्रियतामा आयोजना गरिएको रोपाइं कार्यक्रममा करिब ५ रोपनी खेतमा असारे भाकामा रोपारहरुले छुपुमा छुपु धान रोपेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)