दक्षिणपश्चिम फ्रान्समा डढेलो नियन्त्रणको अन्तिम प्रयास
barnanmedia.com · Fri Jul 31 13:17:34 GMT 2026

दक्षिणपश्चिम फ्रान्समा हजारौँ मानिसलाई विस्थापित गराएको भीषण डढेलो धेरै दिनदेखि थप नफैलिएपछि अग्निनियन्त्रक अहिले बाँकी रहेका आगोका सक्रिय विन्दु (हटस्पट) पूर्णरूपमा नियन्त्रणमा लिन केन्द्रित भएका छन् ।
अधिकारीले मौसममा आएको अनुकूल परिवर्तनले नियन्त्रण अभियानलाई सहज बनाएको बताएका छन् । बोर्डो नजिकैको गिरोन्द क्षेत्रको एटलान्टिक तटीय भागमा लागेको डढेलोले हालसम्म करिब ४२ हजार हेक्टर पाइन वन तथा पर्यटकीय क्षेत्र नष्ट गरिसकेको छ । आगोले जलेको क्षेत्रफल पेरिस सहरको क्षेत्रफलभन्दा करिब चार गुणा ठूलो रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)