मालीमा रुसी हवाई आक्रमणमा आठ सर्वसाधारण मारिएको दाबी
barnanmedia.com · Fri Jul 31 13:27:39 GMT 2026

अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु)ले गत जुन महिनामा मध्य मालीको एक गाउँमा रुसी सरकार समर्थित अफ्रिका कोप्र्सले गरेको हवाई आक्रमणमा तीन बालबालिकासहित आठ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
संस्थाले आक्रमणमा कुनै पनि इस्लामिक विद्रोही लडाकू मारिएको प्रमाण फेला नपरेको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माली सरकारलाई आग्रह गरेको छ । एचआरडब्लुका अनुसार जुन १५ मा मोप्टी क्षेत्रको किर्निया गाउँमा रुसी सुखोई सु-२४ आक्रमणकारी विमानबाट दुई वटा बम खसालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)