मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग
barnanmedia.com · Fri Jul 31 13:23:46 GMT 2026

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले देशमा दोहोरिँदै आएका साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले साम्प्रदायिक उन्माद कुनै पनि समाज र राष्ट्रका लागि घातक हुने चेतावनी पनि दिए । उनले सुनसरी र सिरहासहित मधेसी जिल्लामा उत्पन्न तनाव कम गर्न राज्यको प्रतिक्रियामा ढिलाइ भएको टिप्पणी गरे । सरकारले अहिले देखाइरहेको संवेदनशीलता दुई दिनअघि नै देखाएको भए अवस्था यति जटिल नबन्नसक्ने उनको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)